Public Pana
कंग्रेस महासमिति वैठक लगत्तै मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्री तयारी, मन्त्रीको पुरै सेट परिवर्तन हुन सक्ने !

प्रमुख प्रतिपक्ष नेकपा एमालेले विभिन्न विवादमा मुछिएको भन्दै तीन जना मन्त्रीको राजीनामा मागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई थप दवाव श्रृजना भएको छ । 

यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्ने बिषयमा गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने योजना बनाएको उनका निकटवर्तीहरुले बताएका छन् ।

हाल गठबन्धनको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै एमालेले बिहिवारको संसद वैठकमा तीनजना मन्त्रीको राजिनामा माग गरेको हो । 

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन ।

लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ती गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताएका छन । 

यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाइ सरकारबाट हटाउन उनले माग गरेका छन् ।

यद्यपी कंग्रेसको महासमिति वैठकपछि मन्त्रिमण्डल हेरफेर गर्ने बिषयमा सत्तारुढ प्रमुख घटकबीच सहमति भइसकेको स्रोतले जनाएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार अवको केही दिनमै मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना छ । 

मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्री र सत्तारुढ दलहरुबीच पुरै मन्त्रिको सेट नै परिवर्तन गर्नेवारे कुराकानी भएको बताइएकोछ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update