Public Pana
किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानेको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।  बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशभरका दुध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताउदै  उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामथ्र्य राख्ने चेतावनी दिए । उनले भूमिहिन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताए । चुनावी फण्डा नभइ सुकुम्वासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्ने बताए । 

‘मेरो निर्वाचन क्षेत्र र देशभरका दुध किसान र मह किसानहरु मारमा परेका छन् । अर्कोतिर पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामथ्र्य राख्दछन् । होशियार रहनुहोला ।

भूमिहिन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको छ, यसलाई चुनावी फण्डा होइन, सुकुम्वासी आयोगले, भूमि आयोगले विशेष गरी विशेष ध्यान दिओस् । यसलाई खेलाँची रुपमा नलिओस् । भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको छ र भरतपुर ३ को नगर वनको विकल्प यथाशिघ्र खोजियोस् ’ उनले भने र  उनले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको पनि बताए । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update