Public Pana
क्यानडा विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

नेपाल ‘ए’र क्यानडा-११ एकदिवसीय शृंखला अन्तर्गतको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। क्यानडाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

नेपाल ‘ए’र क्यानडा-११ बीच जारी तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत बिहीबार अन्तिम प्रतिस्पर्धा हुँदैछ। 


यसअघि भएका दुई खेलमा नेपाल र क्यानडा एक–एक खेल जितेका छन्। पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जितेको थियो।

शृङ्खला १-१ को बराबरीमा रहेको अवस्थामा आज अन्तिम खेल हुँदैछ। आजको खेल जित्ने टोलीले शृंखला आफ्नो कब्जामा पार्नेछ।

नेपाली टोली
विनोद भण्डारी, सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जीसी।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update