Public Pana
बाह्रबिसेमा जिप दुर्घटना परि दुई जनाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसेमा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नागपुजेबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा१२च ४९९१ नं को जिप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो ।

दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीले जानकारी दिए ।

उक्त दुर्घटनामा जिप चालक विक्रम थापासहित बाह्रबिसे–७ का गोपाल थापा, खड्गकुमारी श्रेष्ठ र पुष्कर थापा घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update