Public Pana
स्वयम्भूमा श्रीमती र दुई नाबालिक छोरीको हत्या श्रीमानबाटै भएको प्रहरीको आशंका

काठमाडौंको स्वयम्भूमा श्रीमतीसहित दुई छोरीको बिभत्स हत्या भएको छ । नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित घरमा आज बिहान आमा र दुई बालिकको धारिलो हतियार प्रयोग गरि हत्या भएको काठमाण्डौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी उच्च अधिकारीसहितको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार ४० बर्षिय महिला र उनकी ८ बर्षिया र दुई बर्षिया छोरीको बिभत्स तरिकाले हत्या भएको छ ।

घटनामा श्रीमानको संलग्न रहेको प्रहरीको आशंका छ । यद्यपी श्रीमान घटनापछि फरार रहेकाले उनले नै हत्या गरेहो हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनालाई विभिन्न कोणबाट बिश्लेषण गरि अनुसन्धान शुरु गरिएको काठमाण्डौं प्रहरीले जनाएको छ ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको र फरार रहेका मृतृक महिलाको श्रीमानको खोजीका लागि सम्भावित नाकामा प्रहरी परिचालन गरिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update