Public Pana
नेपालले नामिबियालाई दियो १६९ रनको सामान्य लक्ष्य

आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले नामिबियालाई १६९ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा १६८ रन बनाएको हो।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए। उनले आउट हुनुअघि ६४ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे। 

 

यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले २६ रन बनाउँदा कुशल भुर्तेल १८ रन बनाएर आउट भए। अनिल साह पनि आज शून्यमा आउट भए।

कप्तान रोहित ९ बल खेलेर शून्यमा आउट भए। उनलाई नामिबियाका लोप्टिइटनले क्याच आउट गराए। यसघि अनिल शाह र देव खनाल पनि खाता नखोली आउट भएका थिए। नेपालले तेस्रो विकेटका रूपमा देव खनाललाई गुमाएको थियो।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update