Public Pana
घोराही तुलसीपुर सडकमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

 दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१६ स्थित घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । 
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update