Public Pana
नेपालले गुमायो ६ विकेट

आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबिया विरुद्धको खेलमा नेपालले छ विकेट गुमाएको छ। छैटौं विकेटको रुपमा कुशल मल्ल आउट भएका छन्। यसअघि कप्तान रोहित पौडेल शून्य आउट भए। 

आशिफ शेख अर्धशतक बनाएर आउट भएपछि क्रिजमा आएका कप्तान रोहित ९ बल खेलेर शून्यमा आउट भए। उनलाई नामिबियाका लोप्टिइटनले क्याच आउट गराए। यसघि अनिल शाह र देव खनाल पनि खाता नखोली आउट भएका थिए। नेपालले तेस्रो विकेटका रूपमा देव खनाललाई गुमाएको थियो। 

 

यू-१९ राष्ट्रिय टोलीका कप्तान समेत रहेका उनले खातासम्म खोल्न सकेनन्। आठौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो। त्यसअघि अनिल शाह र कुशल भुर्तेललाई नेपालले गुमाएको थियो।

अनिल साह पनि आज शून्यमा आउट भए। भुर्तेलले १६ बलमा १८ रन बनाएर आउट नेपाल अहिले २४ ओभरको खेल सकिँदा ११६ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update