Public Pana
आशिफ शेखले नामिबिया विरुद्ध बनाए अर्धशतक

आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत  नामिबियाविरुद्धको खेलमा  आशिफ खेलले अर्धशतक प्रहार गरेका छन् । आेपनिङमा आएका शेखले ५० रन ‍‍‍‍‍ ५६ बलमा पुरा गरे । नेपालले १० अाेभरमै तीन विकेट गुमाउदाँ उनले राम्राे प्रर्दशन गरेका छन् ।  यसअघी नेपालले कुशल भुर्तेल अनिल शाह र देव खनाललाई गुमाएकाे थियाे ।  
नेपालले तेस्रो विकेटका रूपमा देव खनाललाई गुमाएको हो । यू-१९ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका उनले खातासम्म खोल्न सकेनन् । आठौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । 
अनिल शाह पनि आज शुन्यमा आउट भए । भुर्तेलले १६ बलमा १८ रन बनाएर आउट भए ।  नेपालले     १७  अाेभरकाे खेल  चलिरहँदा ९१ रन बनाएकाे छ ।  
आशिफ शेखले ३६ रन बनाएका छन् भने मल्लले १५ रन बनाएका छन् ।  विहान भएकाे टसमा नेपालले हारेर ब्याटिङकाे निम्ताे पाएकाे थियाे ।

यसअघीकाे खेलमा नेपाल नामिवियासँग पराजित भएकाे थियाे । यही हारकाे बदला लिने नेपालकाे साेच छ । अहिले क्रिजमा कुशल मल्ल र आशिफ शेख छन् ।  

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update