Public Pana
पहिले ब्याटिङ गरेकाे नेपालले गुमायाे तीन विकेट

आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।  

नेपालले तेस्रो विकेटका रूपमा देव खनाललाई गुमाएको हो । यू-१९ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका उनले खातासम्म खोल्न सकेनन् । आठौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । त्यसअघी अनिल शाह र कुशल भुर्तेललाई नेपालले गुमाएकाे थियाे । नेपालले १० अोभरकाे समाप्तीमा तीन विकेट गुमाएर ६९ रन बनाएकाे छ । विहान भएकाे टसमा नेपालले हारेर ब्याटिङकाे निम्ताे पाएकाे थियाे । यसअघीकाे खेलमा नेपाल नामिवियासँग पराजित भएकाे थियाे । यही हारकाे बदला लिने नेपालकाे साेच छ । अहिले क्रिजमा कुशल मल्ल र आशिफ शेख छन् ।  

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update