Public Pana
भीभीआईपी सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन सर्वोच्चको  परमादेश  आदेश 


काठमाडौ- सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति भीभीआइपी  को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ ।

भीभीआईपी सवारीका नाममा सवारीसाधन रोक्ने, सर्वसाधारणलाई हिँड्न नदिने, पैदल यात्रीलाई अवरोध गर्ने प्रहरीका कामकारवाही रोक्न माग गर्दै अधिवक्ता ज्ञानेश्वर कोइरालाले १९ माघ २०७४ मा रिट दायर गरेका थिए ।

मंगलबार न्यायाधीशहरु मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले विशिष्ट व्यक्तिको सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन परमादेश जारी गरेको हो ।

अधिवक्ता कोइरालाले भीभीआईपी सवारीका नाममा हैरानी रोक्नुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले भीभीआईपाई सवारीका कारण सर्वसाधारणलाई सडकमा सास्ती नदिनु भनी परमादेश जारी गरेको सर्वाेच्चले जनाएकाे छ । सर्वसाधारणलाई सडकको छेउमा राखेर भीभीआईपी सवारीका लागि दुःख सास्ती नदिनु भनी इजलासले आदेश जारी भएको निर्णय सुनाएकाे हाे ।  

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update