Public Pana
उपसभापति खड्काकाे  आराेप  : नयाँ दल लाेकप्रियताका लागि जे पनि गर्ने

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ दलहरुमा हालको शासकीय व्यवस्थाप्रति अपनत्व नभएको हुनुका साथै लाेकप्रिय हुनेतिर मात्र केन्द्रित भएकाे आराेप लगाएका छन् । 

पार्टीको महासमिति बैठकमा नीति प्रतिवेदन पेश गर्दै उनले नयाँ दलहरु दायित्व र जिम्मेवारीबाट पन्छिने, कुनै विषयमा प्रष्ट दृष्टिकोण नभएको तर लोकप्रियताका लागि जे पनि बोल्ने गरेको टिप्पणी गरेका हुन् । 

 

‘त्यही लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन । न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य । न त लोकतन्त्रप्रतिको प्रतिवद्धता छ, न त भावी यात्राको प्रष्ट मार्गचित्र नै’ खड्काले प्रतिवेदनमा लेखेका छन् ।

नयाँ दलहरुले सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको राजनीतिक खेती गर्न प्रयत्न गरिरहेको पनि खड्काले बताएका छन् । नयाँ दलहरुले निराशा बेचेर काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाउन र एकाधिकार लाद्न खोजेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update