Public Pana
क्याडासँगको खेलमा नेपाल ए लाई २ सय ४१ रनको लक्ष्य

नेपाल ‘ए’ ले क्यानडा ११ विरुद्धको  एकदिवसीय सिरिजको दोस्रो खेलमा  २ सय ४१ रनको लक्ष्य पाएको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा ११ ले निर्धारित ४९दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो । राम्रो सुरुवात गरेको क्यानडाले मध्यक्रममा स्पिनविरुद्ध रनको लागि संघर्ष गरेको थियो ।

श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए ।

मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २(२ तथा सागर ढकाल र बसिर अहमंदले १(१ विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update