Public Pana
क्यानडा-११ विरुद्ध दोस्रो खेल खेल्दै नेपाल ‘ए’

नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बीचको दोस्रो खेल मंगलबार हुँदैछ। खेल मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे बजे सुरु हुनेछ।

नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बीच तीन खेलको सिरिज भइरहेको छ। पहिलो खेलमा क्यानडा- ११ ले नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो। 

 

नेपाल ‘ए’ र क्यानडाले तेस्रो खेल बहीबार हुने तालिका रहेको छ।

नेपाल क्रिकेट संघ क्यानले क्यानडा विरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ। नेपाल ‘ए’ टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन्।

नेपाल ‘ए’ टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update