Public Pana
दोलखा केन्द्रबिन्दु भएर भूकम्प

दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । 

 

 

केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update