Public Pana
काग्रेस विवाद : महामन्त्री थापाकाे प्रस्तावमा सभापति देउवा सहमत , एक्लै चुनाव लड्ने संकल्प प्रस्ताव पेश हुने

नेपाली कांग्रेसले महासमिति बैठकमा भविश्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने भएको छ । यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ ।

कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदाबरीमा सुरु भएको छ । भोलि विहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । तर साँझसम्म प्रतिवेदन टुंगिएको थिएन । 

 

 

महामन्त्री थापाले सांठगनिक प्रतिवेदनमा रहेको भविश्यमा हुने चुनावमा निर्वाचन पूर्व गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्तावमा संस्थापन पक्षले आपत्ति जनाएको थियो । लगातार छलफल गर्दा पनि सहमति नजुटेपछि सभापति देउवाले उद्घाटनका क्रममा गठबन्धनबारे अहिले निर्णय नगर्ने मत राखेका थिए ।

लगतै भएको छलफलमा महामन्त्री थापा आफ्नो प्रस्तावबाट पछाडि हट्न तयार भएनन् । एकातिर सभापतिले स्वीकार नगरेको प्रतिवेदन कसरी पार्टीको हुने प्रश्न थियो भने अर्कोतिर महामन्त्रीले स्वीकार नगरेको प्रतिवेदन उनले नै कसरी लैजाने प्रस्ताव थियो । देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताहरूबीच भएको छलफलमा सभापति र महामन्त्रीको दुबै प्रस्ताव लैजाने सहमति भयो ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update