Public Pana
कान्तिपुर सेभिङ्गका अध्यक्ष पक्राउ

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा सो सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले  बताए । 

 

 

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका संचाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी बृत नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् ।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् । एसपी अधिकारी भन्छन्,‘जाहेरवालाको संख्या बढ्न सक्छ ।’ 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update