Public Pana
टी–२० विश्वकप तयारीका लागि नेपालले भारतको गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकप तयारीका लागि तयारीस्वरूप भारतको दुई स्टेट टोलीसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको राष्ट्रिय टोलीसँगै बरोडा र गुजरात क्रिकेट संघको टोलीले त्रिकोणात्मक टी–२० प्रतियोगिता खेल्नेछन्। उक्त प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म चल्नेछ। 

 

टी–२० विश्वकपको लागि तयारी गर्ने लक्ष्यसहित प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो। भारतमा हुने प्रतियोगिता ओमानमा अप्रिल १० देखि सुरु हुने एसीसी प्रिमियर कपको तयारीको रुपमा पनि रहनेछ।

नेपालको सिनियर टोलीले फेब्रुअरी २७ देखि मार्च ५ सम्म टियु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग सिरिज खेल्दैछ। त्यसपछि टोली हङकङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यहाँ ओमान, पिएनजी र स्थानीय टोलीसँग क्वाड्रान्गुलर सिरिज खेलेपछि नेपाल भारत प्रस्थान गर्नेछ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update