Public Pana
आर्यन दत्तकाे उत्कृष्ठ प्रदर्शनसगै नामिबियाले दियाे नेदरल्याण्डलाई १२४ रनकाे सामान्य लक्ष्य 

स्पिनर आर्यन दत्तले नेदरल्याण्ड्सका लागि  उत्कृष्ठ  बलिङ प्रदर्शन गरेपछि नामिबिया आईसिसि लिग-२ अन्तर्गतको खेलमा सामान्य योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै १० विकेट गुमाउँदै १२३ रन बनाउन सफल भयाे । 

नामिबियालाई सस्तैमा समेट्न दत्त एक्लैले नेदरल्याण्ड्सका लागि उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ९ ओभरमा ३४ रन खर्चिंदै ६ विकेट लिए । 

यस्तै काइल क्लाइनले ५.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । रुलफ भ्यान डर मर्वा र म्याक्स ओ’डाउडले समान एक-एक विकेट लिए ।  

नामिबियाका लागि जेजे स्मिटलले ४६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २६ रन बनाए । उनलाई म्याक्स ओ-डाउडले २८औ ओभरमा आठौ विकेटका रुपमा आउट गरेका थिए । यस्तै तल्लोक्रमका ब्याटर रुबेन ट्रम्पलम्यानले ३९ बल खेल्दै १ छक्कासहित २० रन बनाए । उनी भने रुलफ भ्यान डर मर्वाको बलमा कप्तान स्कट एडवार्ड्सद्वारा स्टम्प आउट गरेका थिए ।  


नामिबियाको शीर्षक्रमका कुनै ब्याटर चल्न सकेनन् । ओपनर निकोलास डाभिन आठौ ओभरमा १८ बल खेल्दै १३ रन बनाएर पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई काइल क्लाइनले आउट गरेका थिए । तेस्रो नम्बरमा आएका माइकल भ्यान लिंगेन ४ रन बनाएर दत्तको बलमा आउट भए ।

ओपनर जेपी कोट्जे ३० बल खेलेर ५ रन बनाउँदै दत्तकै बलमा बोल्ड भए । ज्यान फ्राईलिंकलाइ पनि दत्तले शुन्यमा आउट गराए । कप्तान जेरार्ड इरासमसले ३ चौका प्रहार गर्दै ११ बलमा १३ रन बनाएपछि दत्तकै बलमा साइब्राण्ड एङ्गलब्रेक्टलाई क्याच दिन पुगे ।

ज्यान निकोल लोफ़्टि-इटन पनि शुन्यमा दत्तकै बलमा बोल्ड भए । जेन ग्रिनलाई दत्तले १९ रन बनाएको अवस्थामा क्याच आउट गराए । त्यसपछि अन्तिम विकेटका रुपमा बर्नार्ड स्कोल्ज १२ रन बनाएर क्लाइनको बलमा बोल्ड भयेपछि इनिङ समाप्त भयो । 

नेदरल्याण्ड्स आफ्नो पहिलो खेलमा शनिवार नेपाल विरुद्ध ९ विकेटले पराजित भएको थियो । नामिबियाले भने पहिलो खेलमा नेपाल माथि ४ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको थियो ।  

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update