Public Pana
मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ। सदन देखि सडकसम्म मन्त्री ज्वालाकाे नाममा विवाद शुरु भएपछि उनलाई फिर्ता वाेलाउन लागिएकाे हाे । आइतबार स‌सदमा एमालेसहितका अन्य दलले ज्वालाकाे विषयमा प्रश्न उठाएका थिए ।  
गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरिरहेकाे छ ।  पार्टीको  बैठकमा  मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उहाँलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएको आशय उनले व्यक्त गरे।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update