Public Pana
एनसेलकाे छानविन प्रतिवेदन कार्यान्वयनदेखि आयल निगममा नियुक्तीसम्म यस्ता छन मन्त्रीपरिषदका निर्णयहरु

फागुन  ६ गते बसेकाे मन्त्रीपरिषदकाे बैठकले नेपाल आयल  निगम,दुरसञ्चार प्राधिकरणसहित विभिन्न निकायमा नियुक्तीकाे निर्णय गरेकाे छ । त्यस्तै एनसेलकाे छानविन प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय पनि मन्त्रीपरिषदले गरेकाे छ । 

सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा चन्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ। 

डा  भट्ट यसअघि पनि कार्यकारी निर्देशक भएका थिए। भट्टले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणालीको सुरुवात गरेका थिए।

कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका  भट्टका साथै तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम सिफारिस गरेको थियो।  भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशक थिए।  

२०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने ।

२. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने ।

३. सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति (LRP) लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट हटाउने ।

४. राष्ट्रिय प्रसारण (बाह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।

५. बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने ।

६. प्रोवेशन तथा प्यारोलसम्बन्धी नीति, २०८० स्वीकृत गर्ने ।

७. नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने ।

८. नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा श्री भुपेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।

९. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गर्ने

१०. एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update