Public Pana
एसिया कप क्रिकेट सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो

एसिया कप टी–२० क्रिकेटको सुपर चारमा अफगानिस्तानले श्रीलङ्कालाई ४ विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका धनुष्का गुणाथिलकाले ३३ रन तथा भानुका राजपक्षेले ३१ रन जोडे ।

अफगानिस्तानका मुजिब उर रहमान, नविन उल हकले समान २/२ विकेट तथा राशिद खानले १ विकेट लिए । त्यसअघि यूएईको शारजाह क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्ताानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

अफगानिस्तानका गुरबाजले सर्वाधिक ८४ रन बनाए । श्रीलङ्काका दिलशान मदुशनकाले २ तथा असिथा फ्रेनान्डोले एक विकेट लिए । श्रीलङ्काले अब मङ्गलवार भारतसँग खेल्नेछ । आज भारत र पाकिस्तानबीच खेल हुनेछ ।

सुपर चारका खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update