Public Pana
मधेश प्रदेशका मुख्यमन्त्री यादवले तेस्रोपटक पनि पाए विश्वासको मत

 मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत पाएका छन्। उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्। 

योसँगै उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्। आइतबार सदनमा उपस्थित १०४ मध्ये उनको पक्षमा ६९ सांसदले मत दिएका थिए। उनको विपक्षमा भने ३५ मत परेको थियो। गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन्। 

 

मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन्। यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन्।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update