Public Pana
रेडक्रस सोसाइटी बाँसगढी उपशाखाको नयाँ कार्यसमितिमा डेमोक्रयाटिक प्यानलको बर्चस्व

नेपाल रेडक्रस सोसाइटी उपशाखा  बासगँढी बर्दियामा सभापति कमल बहादुर खत्रीसहितको म्यानल बिजयी भएको छ ।

रेडक्रस सोसाइटी उपशाखा बाँसगढीको शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षसहित ११ सदस्यीय पुरै कार्यसमितिमा डेमाक्रयाटिक प्यानल नै बिजयी भएको हो ।

निर्वाचित नयाँ कार्यसमितिको उपसभापतिमा बिना पौडेल, सचिवमा दिनेश कुमार थापा, कोषाध्यक्षमा दिपेन्द्र लामिछाने, सहसचिवमा जसबहादुर थापा क्षत्रि र सहकोषाध्यक्षमा कृष्णा कुमारी चौधरी निर्वाचित भएका हुन ।

यसैगरी सदस्यहरुमा अजय प्रसाद तिवारी, ज्ञानु रिजाल, रविन्द्रजंग शाह, निरकबहादुर खत्री र राज थारु निर्वाचित भएको निर्वाचन अधिकृत नरेन्द्रकुमार शर्माले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको कार्यकयल दुई वर्षको हुनेछ । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update