Public Pana
आज द्रोण नवमी  खिर खादै मनाइदै

हिउँद ओरालो लाग्दै छ, उत्तरायणमा चलिरहेका सूर्य नारायणको प्रताप बढ्दो छ । माघ मासको शुक्ल पक्षको नवमी तिथिलाई द्रोण नवमीका रूपमा जानिन्छ , यस वर्षको द्रोण नवमी आज मनाइदैछ । 

शालिनदिवाट बज्रयोगिनी सम्मको हरेक वर्ष हुने माधव नारायण पर्व अन्त्रगतको धार्मिक यात्रामा द्रोण नवमीको विशेष भूमिका रहन्छ ।

आजका दिन तस्मै अर्थात् खिर खाने चलन रहन्छ ।

द्रोण, द्रोणाचार्य भनेर पनि चिनिन्छ, हिन्दू महाकाव्य महाभारतको प्रमुख पात्र हुनुहुन्छ। महाकाव्यमा, कौरव र पाण्डवहरूको शाही गुरुको रूपमा सेवा गर्छन्।

उहाँ महाकाव्यमा चित्रित प्राथमिक सल्लाहकार र योद्धाहरू मध्ये एक थिए । उनि असुरहरूका गुरु शुक्राचार्यका साथै महाबलीका मित्र हुन् । माताको गर्भमा उत्पति नभई द्रोणको उत्पति गर्भ बाहिर भाँडामा भएका कारणले वहाँलाई द्रोण भनिएको हो । संस्कृतमा द्रोणको अर्थ भाँडो भन्ने पनि लाग्दछ ।

कौरव र पाण्डवहरू दुबैका गुरु द्रोणको नाममा यस नवमीको नामकरण गरिएको हो । गुरु बृहस्पतिका पूर्नजन्म मानिने द्रोण युद्धकला र हतियारका अनन्य भएका थिए ।

महाभारतमा विशेष भूमिका रहेको द्रोणको नाममा राखिएको नवमी हो ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update