Public Pana
नेदरल्याण्ड्समाथि नेपालको सानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको सहज जित हात पारेको छ ।

शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए ।

सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।

यसअघि क्यानडाविरूद्धको खेलमा शतक प्रहार गरेपछि अनिललाई लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिज खेल्ने टिममा समावेश गरिएको थियो।

आशिफ शेखले  १४.४ ओभरमा अर्धशतक पूरा गरेका हुन्। उनले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गरी नटआउट ५४ रन बनाए।

ओपनर  कुशल भूर्तेल ११ बल खेल्दै २८ रन प्रहार गरेर आउट भएका थिए।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update