Public Pana
चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा  भरतपुर महानगरपालिका–१२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठको ३ वर्षीय छोरा विमर्श श्रेष्ठ रहेका छन् । उनलाई  शुक्रवार साँझ ६ः१० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका विमर्शको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रवार राति ८ः१८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
विमर्शलाई टाउकोमा चोट लागि गम्भिर अवस्थामा उपचारको लागि अस्पताल पु¥याइएको थियो । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update