Public Pana
कांग्रेसका केन्द्रिय सदस्यहरूले आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै

नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो । 
 
अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update