Public Pana
शेखर काेइरालाकाे प्रस्ताव– कसैकाे बहुमत नआउने निर्वाचन प्रणाली फेराैँ (पूर्णपाठ)

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कुनै पनि तहका निर्वाचनमा कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन वा तालमेल गर्न नहुने बताएका छन्।

महासमिति बैठकका लागि बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले कुनै पनि दलको बहुमत आउन नसक्ने निर्वाचन प्रणाली फेर्न कांग्रेसले पहल गर्नुपर्नेसमेत बताएका छन्।  

 

‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसंग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन। अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन’, कोइराला, ‘तसर्थ संविधान संशोधनमार्फत् निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्नुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update