Public Pana
संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित

संसदीय समितिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पारित गरेको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । 

बैठकले सहमति जुटाउन गठन गरेको उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर विधेयक पारित गरेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update