Public Pana
क्यालिफोर्नियामा गोली चल्यो, ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु


क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित  ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइक बोउडरेउक्सले उक्त आक्रमण गिरोह र लागूऔषध हिंसासँग जोडिएको हुन सक्ने बताए ।
स्थानीय समयअनुसार सोमबार बिहान ३ः३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र धेरै गोली चलाएको प्रहरीले जनाएको छ । छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा घरभित्र र बाहिर मानिहरुको शव भेटिएको थियो ।
प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।
संयुक्त राज्य अमेरिकामा सन् २०२१ मा बन्दुकको गोली लागेर ४९ हजार मानिसको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्या थिए । 
 
 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update