Public Pana
दाङको घोराहीमा  ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

दाङको घोराहीको व्यस्त सडकमा ड्युटीमा खटिएकी महिला प्रहरीको उनकै श्रीमानले गोली हानी हत्या गरेका छन्  । 

घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार साँझ गोली प्रहार भएको हो ।

गोली लागि गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठान पुरयाए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको गोली लागि मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले पुष्टी गर्नुभयो । 

धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको प्रहरीले पुष्टी। गरेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update