भाटभटेनीका मालिक मीनबहादुर गुरुङ दोषी ठहर , २ वर्ष कैद
बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी डिपाटमेनन्ट स्टोरका मालिक मीनबहादुर गुरुङलाई २ वर्ष जेल सजाय सुनाएको छ।
विशेषले गुरुङसहित बालुवाटारको जग्गा आफ्नो नाममा पारेको घटनामा दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाउने फैसाल गरेको हो। विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो।
यो मुद्दा यसअघि सबैभन्दा बढी धरौटी तिरेर भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ छुटेका थिए।
तर विशेषले २०७७ माघ २१ गते २ करोड धरौटी माग गरेपछि छुटेका मीनबहादुर अन्तिम फैसलामा दोषी ठहर भएका छन्।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १९:५५
प्रतिक्रिया दिनुहोस्