Public Pana
अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र पूर्वमन्त्री छविराज पन्त भ्रष्टाचारी ठहर

विशेष अदालतले अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र पूर्वमन्त्री छविराज पन्त भ्रष्टाचारी ठहर गरेको छ।

उनी भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुदाँ बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराउन भूमिका खेलेको अभियोगमा अदालतले विहिबार दोषी ठहर गरेको हो ।

त्यस्तै दोषी ठहर भएका पन्त भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव हुन्।

उनी अन्तरिम चुनावी मन्त्रिपरिषद्मा उनी मन्त्री भएका थए । उनीहरूलाई २ वर्ष कैद, बिगो असुल तथा जरिवाना हुने विशेष अदालतले जनाएको छ ।

उनले सर्वोच्चको फैसलाको अपव्याख्या गरिएको र मन्त्रिपरिषद्को निर्णयलाई रक्षाकवच बनाएको विशेष अदालतले ठहर गरेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update