Public Pana
चैत र वैशाखमा दुईवटा अभियान सञ्चालन गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले दुईवटा अभियान सञ्चालन गर्ने बताएका हुन् । 

जसअनुसार आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने भएको छ । जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ । त्यहाँबाट संठन निर्माण गर्ने पहल गर्ने भन्दै प्रचण्डले साथमा केन्द्रीय नेताहरु र सांस्कृतिक टीम समेत रहने बताए । 

त्यसैगरी हिमाल पहाड तराई राष्ट्रिय एकता अभियान पनि सञ्चालन गरिने प्रचण्डको भनाइ छ ।  उत्तर–दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म सञ्चालन हुने प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update