Public Pana
नेपाल नामिबियासँग ४ विकेटले पराजित

 आईसीसी विश्वकप लिग- २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३२ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। नामिबियाका जान फ्रान्कलिनले ३४ र जान निकोल लफ्टी इटनले ३१ रन बनाए।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल झिनो स्कोरमै खुम्चिनु परेको थियो। 

 

नेपालका ब्याटर भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। यस्तै गुल्सन झा २१, करन केसी १६, कुशल मल्ल १५ तथा पवन सर्राफले १२ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।

नामिबियाका बलर जेरार्ड एरामसले नेपालका ५ विकेट लिए। ८.१ ओभर बलिङ गरेका उनले मात्र २८ रन खर्चेका थिए।

यो हारसँगै नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा ओडीआईमा लगातार १५ जितको यात्रा समाप्त भएको छ।

२०२२ नोभेम्बर यता नेपाल टियुमा ओडीआई खेलमा पराजित भएको थिएन। नेपालले युएईसँग सिरिज २०२२ मा पछिल्ला २, आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत २०२३ का अन्तिम ८, प्रिमियर कपमा २ र क्यानडासँग ३ गरि लगातार १५ खेलमा जितेको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update