Public Pana
नामिबियाविरुद्ध नेपालको खराब सुरुवात,कप्तान राेहित पनि आउट

काठमाडाै-  आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको  छ । कप्तान राेहित पाैडेलसहित महत्वपूर्ण टप अडर नेपालले सस्तैमा गुमाएर दबावमा परेको छ । नेपालका कुशल भुर्तेल शून्यमा आशिफ शेख ४  अनिल शाह ८ रन र कप्तान पाैडेल १ रनामा आउट भए ।  
 त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १२‍ अाेभर सकिदा  ४३  रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । 

कप्तान रोहित चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।

एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३.५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए ।

ज्याक ब्रासेलको बलमा आसिफ सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट भए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update