Public Pana
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
फाइल तस्बिर

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको छ ।

केन्द्रीय कमिटी बैठक बोलाउने र समसामयिक राजनीतिक विषयमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टी उपमहासचिव पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामकारबाहीबारे पनि समीक्षा हुने एमालेले बताएको छ ।

एमालेले यही फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update