Public Pana
कपिलवस्तु बस दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ आउदै  गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु–प–प्र–०२००१ ख ००९८ नम्बरको बस आज विहिबार बिहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।  

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । मृतकको विवरण (पहिचान)  आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update