Public Pana
आज विहिबार विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज(बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ८३ पैसा र बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा र बिक्री दर १६६ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

money-31707959602.png

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update