Public Pana
आज स्कन्द षष्ठी मनाईदै

कुमार कार्तिकेयको पूजा अर्चना गरि आज स्कन्द षष्ठी मनाईदै छ । 

भगवान् शिवको ज्येष्ठ सुपुत्र स्कन्द हुन जसलाई कुमार कार्तिकेय भनेर पनि सम्बोधन गरिन्छ । स्कन्द षष्ठीका दिन कुमार कार्तिकेयको पूजा अर्चना गरिन्छ । हरेक महिना शुक्ल पक्षको षष्ठीका दिन स्कन्द षष्ठी मनाइन्छ ।

यस दिन व्रत बस्ने र पूजा अर्चना गरेर कुमार कार्तिकेय र माता पार्वतीको सम्झना गर्न सकिएमा विघ्न बाधाहरू हट्ने विश्वास राखिन्छ ।
स्कन्द पूजाको मन्त्र यस प्रकार छ ।
देव सेनापते स्कन्द कार्तिकेय भवोद्भव, कुमार गुह गांगेय शक्तिहस्त नमोस्तु ते।।
ऊँ ऐं हुं क्षुं क्लीं कुमाराय नमः
ऊँ नमः पिनाकिने इहागच्छ इहातिष्ठ
ऊँ नमः पशुपतये

दियो कलश स्थापना गरेर गणेश भगवानको प्रतिमा स्थापना गर्दै आजको दिन पूजा सुरु गरिन्छ । स्कन्द षष्ठीको प्रतापले सबैको कष्ट निवारण होस् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update