ललिता निवासको फैसाला आजै आउन सक्ने
ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसाला सम्भवतः आज सुनाइने भएको छ ।
गत माघ २ गतेदेखि बिशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिए पछि सम्भवतः आज फैसाला सुनाउन लागिएको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधवार नै फैसाला सुनाउने गरी तयारी भएको छ ।
पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, पुर्व मन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० ०७:४८
प्रतिक्रिया दिनुहोस्