Public Pana
रबी लामिछानेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पिडितलाई न्याय दिलाएरै छोड्छु !

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् ।

मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।

भेटमा प्रधानमन्त्रीले भने, 'यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।'

प्रधानमन्त्री दाहालले सहकारी पिडितलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने दावी गर्नुभयो । ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो सहकारी ठगीमा संलग्नलाई कारवाही गर्न म आफै लागिपरेको छु, मैले कुनैपनि हालतमा सर्वसाधरणको बचतलाई फिर्ता गराउन गृहप्रशासनलाई पनि कठोर निर्देशन दिइसकेको छु । रास्वपा सभापति लामिछानेमाथी समेत सहकारी प्रकरणमा मुछिएको गम्भीर आरोप लागेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update