Public Pana
भ्यालेन्टाइन डे सप्ताह : आज किस डे

पछिल्लो समय भ्यालेन्टाइन डेलाई साताव्यापी रूपमा रूपमा मनाइदै आइएको छ । 

पहिला एक दिन मात्र फेबु्रअरी १४ तारिख भ्यालेन्टाइन डे मनाइन्थ्यो। अहिले यसको सुरुवात रोज डे  बाट गर्ने गरिएको छ। त्यसपछि 
प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे,  हग डे र आज  किस डे मनाइदै छ । अन्त्यमा भोली फेबु्रअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ। 

यसअन्तगर्त आज फेब्रुअरी १३ अर्थात् किस डे मनाइँदै छ। आजको दिन प्रेम जोडीले एकअर्कालाई किस अर्थात् चुम्बन गरेर आफ्नो प्रेम प्रकट गर्छन्। 

प्रेम व्यक्त गर्ने विभिन्न माध्यममध्ये चुम्बन पनि उत्तम माध्यम हो। चुम्बनले एक अर्कामा माया–प्रेम बढाउने मात्र होइन, स्वास्थ्यका हिसाबले पनि यो निकै फाइदाजनक हुने विज्ञहरूको भनाइ छ।    

चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्ने भएकाले यसले एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्यालाई कम गराउछ। 

किस अर्थात् चुम्बनबाट हुने फाइदालाई बुँदागत रूपमा यसरी बताउन सकिन्छ–

–चुम्बनका बेला मुटुको धड्कन बढ्ने भएकाले शरीरमा रगतको प्रवाह बढ्छ, जसले धेरै रोगका जोखिमबाट बचाउँदै स्वस्थ रहन मद्दत गर्छ।

–चुम्बनका बेला मस्तिष्कबाट धेरै प्रकारका केमिकल निस्किने भएकाले शरीरमा खुसीको हर्मोन वृद्धि गर्छ, जसले मानिसलाई खुसी रहन मद्दत गर्छ।

–अध्ययनअनुसार चुम्बन गर्दा शरीरमा तनाव बढाउने ‘कोर्टिसोल’ नामको हर्मोनको मात्रा कम हुन्छ। 

–चुम्बनले शरीरमा रक्तसञ्चार बढाउने भएकाले टाउको दुख्ने, पेट दुख्नेजस्ता धेरै समस्यामा राहत दिन्छ। 

–चुम्बन गर्दा साल्भिया नामक तत्त्व धेरै उत्पादन हुन्छ, जसले दाँत बिगार्ने ब्याक्टेरिया नष्ट गर्छ। 

–चुम्बनले शारीरिक थकान र पीडामा मल्हमको काम गर्छ। 

–चुम्बनले रक्तचाप नियन्त्रणमा सहयोग पु¥याउँछ। 

–समग्रमा चुम्बनले प्रतिरक्षा प्रणालीलाई नै बलिया पार्न मद्दत गर्छ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update