Public Pana
माओवादी केन्द्रको विधान सम्मेलन आजदेखी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ ।

आज बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने नेता देव गुरूङले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update