Public Pana
पैसाका लागि साथीको हत्या

धापासीमा पैसाको लागि साथीको हत्या गरेको खुलेको छ ।  काठमाडौंका प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसारा गत शनिबार शव दीपेश खड्काकै हो भन्ने थाहा हुँदा साथी विकास थापा मगरलाई खोजेर पक्रदा उनैले मारेको खुलेको छ । 
बयानका क्रममा विकासले पैसाका लागि झगडा भएको र आफूले मारेको स्वीकार गरेका छन् ।  

दुवै जना साढे दुई महिनादेखि धापासीस्थित टहरामा सँगै बस्दै आएका थिए । त्यहाँ बसेर दिपेशले ‘प्लम्बिङ कन्ट्याक्टर’ र आरोपी विकासले उनको सहायकका रुपमा काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार, बयान दिने क्रममा विकासले आफूले कामको ज्याला नपाएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update