Public Pana
नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा गर्यो क्लिनस्वीप

क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले लगातार ३ खेल जितेर क्लिनस्वीप गरेको हो ।

यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 
क्यानडाविरुद्धको जितमा अनिल र भिम दुवैले शतक पूरा गरे। नेपालका लागि कुनै पनि ओडिआई खेलमा दुई खेलाडीले शतक पूरा गरेको यो पहिलो पटक हो। 
दोस्रो विकेटका लागि अनिल र भिमले १ सय ८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई सहज दिल निकाले। 
यो अघि दोस्रो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले जिम्बाबे विरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए। 
अनिल १ सय १२ र भिम १ सय १ रनमा अविजित रहे। 
अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहर गर्दै अविजित रहे। अन्तराष्टिय ओडीआई करियरमा अनिलको यो पहिलो शतक हो।
अनिलले ४१ औँ ओभरको तेस्रो शलमा शतक पूरा गरेका हुन्। अनिलले १ सय १६ बलमा ११ चौका र १ छक्का मद्धतमा शतक पूरा गरे।
आक्रमक ब्याटिङ गरेका अनिलले १५ औँ ओभरको पाचौँ बलमा अर्धशतक पूरा गरे। अनिलले ५१ बलमा ८ चौका मद्धतमा अर्धशतक पूरा गरेका थिए। 
भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का हान्दै १ सय १ रनमा नटआउट रहे। भिमले ४५ औँ ओभरको अन्तिम बलमा शतक पूरा गरे।
भीमले १ सय २७ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै शतक हानेका हुन्। 
ओडिआई करियरमा भिमको यो पहिलो शतक हो। यसअघि भीमले ३१ औँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए। भिमले ७८ बलमा ५ चौका मद्धतमा अर्धशतक पूरा गरे। 

ओपनर कुशल भुर्तेल १३ रनमा बोल्ड आउट भए। 
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निधौरित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रनको योगफल तयार पारेको हो। 
क्यानडाका नवनित डालिवाल अर्धशतक बनाएर आउट भए। ८२ बलमा ५ चौका हानेका नवनित ५० रनमा ललित राजवंशीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए। 
निखिल दत्ता ४५ रनमा रन आउट भए। ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै पेभेलियन फर्के। 
हर्ष ठाकर २९ रन बनाउँदा कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे। र्यास मोभ्भा २५ रन बनाउँदा हेमन्त धामीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। 
माथा विजयरथे २२ रन बनाउँदा आकाशको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे। 
ओपनर आरोन जोनसन ४ तथा निकोलस किर्तन ३ रनमा पेभेलियन फर्के। डिलोन हेलिगेर ४ रनमा नै क्याच आउट भए।
कप्तान सद विन जफर ३१ र शाहिद अमदजाइ ५ रनमा अविजित रहे। 
नेपालका लागि हेमन्त धामीले ३ विकेट लिए। सिनियर टोलीमा डेब्यु खेल खेलिरहेका हेमन्तले ८ ओभरमा ४९ रन खर्चे। नेपालबाट ओडिआई खेल्ने हेमन्त ४१ औँ खेलाडी हुन्। 
कुशल मल्लले २ विकेट लिए। कुशलले आफ्नो स्पेलमा १ मेडन राख्दै ३८ रन खर्चे। 
ललित राजवंशी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे। 
नेपालले पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमान्चक जित निकालेको थियो। दोस्रो खेलमा ४ विकेटले हराएको थियो।
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update