Public Pana
यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार
फाइल तस्बिर

यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीको युवा संगठनका कार्यकर्ताहरुले सोमबार कार्यालय परिसरमै महानिर्देशक रिजाललाई दुर्व्यवहार गरेका हुन् ।
नयाँबानेश्वर प्रहरीका अनुसार महानिर्देशक रिजालमाथि नीलो मसी प्रहार भएको थियो । उनीहरुले महानिर्देशकविरुद्ध नाराबाजी गर्दै भागेका थिए ।
दुई जना युवा महानिर्देशक रिजाल पुग्नुभन्दा अगाडि नै कार्यालय परिसरभित्र पुगेका थिए । महानिर्देशक रिजाल गाडीबाट ओर्लिनासाथ उनीहरुले मसी प्रहार गरेका थिए । मसीका केही छिटा उनको कपडामा लागेको थियो ।
उनीहरु भागिसकेपछि मात्रै बानेश्वरको प्रहरी टोली यातायात व्यवस्था विभागमा पुगेको थियो । 
क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्टले नक्कली लाइसेन्स प्रकरणमा भएको घोटालालाई रोक्न आफूहरुले भनेको तर बेवास्ता गरेकाले सांकेतिक रुपमा विरोध गरेको जनाएका छन् ।
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update