Public Pana
पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री ‘प्रचण्ड’को घोषणा

नेकपा माओवादी केन्द्रले पार्टीको जिम्मेवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने घोषणा गरेको छ ।

पार्टीले सञ्चालन गरेको चार महिने विशेष रूपान्तरण अभियानका क्रममा जिम्मेवारी पुरा नगर्नेमाथि कारबाही गर्ने भएको हो ।
पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत पनि नखट्ने नेताहरूलाई कारबाही गर्ने घोषणा गरेका हुन् ।

उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरूलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि निर्देशन दिए ।

रिपोर्टका आधारमा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अधि बढिने बताए ।
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update