Public Pana
अरुण चौधरीलाई रिहा गर्न आदेश दिने जिल्ला न्यायाधीशको मुगुमा सरुवा

उद्योगी अरुण चौधरीलाई जमानतमा रिहा गर्न आदेश दिने काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश यज्ञ प्रसाद आचार्यको मुगु सरुवा गरिएको छ ।

प्रधानन्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठले चौधरीलाई जमानतमा रिहा गर्न न्यायाधीश आचार्यले दिएको आदेशमा कैफियत देखिएको भन्दै तत्काललाई कारवाही स्वरुप उनलाई दुर्गमको जिल्लामा सरुवा गरिएको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले न्यायाधीश आचार्यको मुगुमा काज सरुवा गरिएको पुष्टी गरेपनि कारण् खुलाउन चाहेनन ।  

न्यायाधीशमाथी कुनै प्रश्न उठे वा कार्यसम्पादनमा बिचलन आएको देखिएमा न्यायपरिषद्ले छानविन गरि कारवाही गर्ने व्यवस्था छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत आइतवारको संसदीय वैठकमा चौधरीलाई जमानतमा रिहा गर्ने न्यायाधीशको आदेशप्रति असन्तुष्टी जनाएका थिए ।

प्रधानन्यायधीश श्रेष्ठले न्यायपरिषद्को वैठकबाटै आचार्यमाथीको छानविन अघि बढाउने तयारी गरेका सर्वोच्च स्रोतले जनाएको छ ।

बाँसवारी चप्पल कारखानाको जग्गा हिनामिनाको आरोपमा पक्राउ परेको उद्योगी चौधरीलाई थप अनुसन्धान गर्न भन्दै प्रहरीले म्याद थपका अनुमति मागेका बेला काठमाण्डौ जिल्ला न्यायाधी आचार्यले दुई दिनभित्रमा अनुसन्धान सकेर रिहा गर्न आदेश दिएका थिए ।

उक्त आदेशलाई न्यायिक क्षेत्रमा अस्वभाविकपुर्ण भन्दै विभिन्न टिकाटिप्पणी भएको थियो । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update